Friday, 14 November 2014

बास्तब मा भन्ने हो भने छोरी मान्छे हरुको मन साच्चै कमलो हुन्छ आफ्नो श्री मान को अरु  धेरै केटी  सग सम्बन्ध  छ भनेर थाहा पाएर पनि माफ दिन सक्छन।
     यो शक्ति सृप नारिमा मात्र हुन्छ !!!

Thursday, 13 November 2014

if the truth be known, must success are built in a multitude of failures

Wednesday, 12 November 2014

कलम सधैं तर्बार भन्द बलियो हुन्छ !

कलम सधैं  तरबार भन्दा बलियो हुन्छ

कलम सधैसधै तरबार भन्दा बलियो हुन्छकलम सधैसधै तरबार भन्दा बलियो हुन्छ


Tuesday, 11 November 2014

नेपाली ब्राण्डलाई संसारभर फिजाउ

राजधानीको सडकमा गाडी लिएर निस्कँदा जब नरायणहिटीको पश्चिम ढोकामा पासपोर्ट लिनेहरुको अनुहार हेर्छु, अथवा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कामका लागि दैनिक विदेशिने युवाहरु भेट्छु । तब धेरै जसो युवामा देखिनुपर्ने उत्साह त्यहाँ देख्दिन । त्यसको सट्टा धेरैको अनुहारमा अनिश्चितताको भुमरी मडारिरहेको देख्छु । र यसले विरक्त लाग्नु स्वभाविकै नै हो । तर काठमाडौं र देशका अन्य भागमा घुम्दा कोही कोही युवा चाहिँ अचम्मसँग उत्साह भरिएका अनुहार लिएर काम गरिरहेका देखापर्छन् । कहाँबाट आउँछ होला यिनीमा नयाँ नयाँ सोच र जाँगर । आज मसँग यस्ता दुई जना युवा उद्दमी हुनुहुन्छ, जसले हामी भित्रको संभावनालाई खोज्नुभएको छ, कोशिष गरे गर्न सकिन्छ र यहीं नै संभावनाका प्रशस्त ढोका छन भनेर प्रमाणित गर्नुभएको छ । नेपाली ब्राण्डलाई संसारभर फिजाउन लाग्नुभएको छ । उद्दमी बन्नका लागि के चाहिन्छ ? कसरी आउंछ नयाँ सोच र जाँगर । कहांबाट आउंछ त्यो उर्जा ? आजको टफ टकमा म सँग हुनुहुन्छ, हिमालयन जाभाका संचालक गगन प्रधान । नेपालमा कफी बेचेर मनग्गे कमाइसकेका र नेपाली कफीलाई विश्व बजारमा चिनाउन लागि परेका युवक, जसको कफि पसलको शाखा नेपालको जोमसोम देखि क्यानाडाको टोरन्टोसम्म छ । र अर्का हुनुहुन्छ बाजेको सेकुवा रेष्टुराँका प्रमुख कार्यक्रारी अधिकृत सिइओ सुशिल खड्का । खसीका मासुको परिकारलाई कसरी सर्भ गर्ने भनेर जानेका । मासु पोलेर बेच्ने कलालाई नेपाल भित्र र बाहिर पनि व्यावसायिक रुपमा विस्तार गर्न लागिपरेका युवक ।