Wednesday, 8 July 2015

निम्न खानेकुरा खाँदा ह्याङओभर हट्छ

पिउन थालेपछि थपेको थप्यै गर्न मन लाग्ने र भोलिपल्ट ह्याङओभर भएपछि ‘धेरै भयो’ भनेर निकै मान्छे पछुताउँछन् । नियमित सेवन गर्न भन्दा कहिलेकाहिँ मात्रै गर्नेलाई भोलिपल्टसम्म ह्याङओभरग्रस्त बनाउँछ । जसले काम समेत प्रभावित पार्छ । यस्तो अवस्था निम्न खानेकुरा खाँदा ह्याङओभर हट्छ ।

नरिवलको पानी
ह्याङओभर भएको बेला शरीरमा पानीको मात्रा एकदमै कम हुन्छ । यस्तोमा प्रशस्त पानी पिउनु राम्रो हुन्छ । नरिवलको पानी पाइयो भने झन् काइदा हुन्छ । यसमा चिनीको मात्रा कम र इलेक्ट्रोलाइट्सलगायत खनिज प्रशस्त हुन्छन् । यसले ह्याङ भएको शरीरलाई राहत दिन्छ ।

अदुवा
ह्याङओभर भएको बेलामा अदुवाको टुक्रो लाभदायी हुन्छ ।

गोलभेँडाको जुस
ह्याङओभर भएको बेला शरीरमा ग्लुकोजको मात्रा कम हुने भएकाले आलस्य र कमजोरी हुन्छ । यस्तोमा एक ग्लास गोलभेँडाको जुस खानाले शरीरमा चिनीको मात्रा सन्तुलनमा आउँछ । यसले पेटलाई पनि शीतल गर्छ ।





केरा

ह्याङओभरमा शरीरको पोटासियम कम भएको हुन्छ । पोटासियम कम हुँदा मांसपेशी कमजोर हुने, जीउ दुख्ने, रक्तचाप बढ्ने आदि हुन्छ । त्यसैले ह्याङओभर भएको बेलामा केरा खानुहोस् । यसमा पोटासियमको मात्रा उच्च हुन्छ ।





कुरिलो
कुरिलोमा अल्कोहल काट्ने तत्व हुन्छ । त्यसैले मदिरा खानुअघि र भोलिपल्ट पनि कुरिलोको तरकारी अथवा अचार खानु फाइदाजनक हुन्छ ।

हर्बल टी
कफी अथवा चियाको लत भएकालाई ह्याङओभर भयो भने उनीहरूले हर्बल टी खानु राम्रो हुन्छ । यसले शरीरमा पानीको मात्रा घटाउँदैन ।

अण्डा
अण्डामा एमिनो एसिड हुन्छ जसले ह्याङओभरग्रस्त शरीरमा रहेका टक्सिनलाई कम गर्छ । अण्डामा प्रचुर मात्रामा पाइने भिटामिन बी पनि ह्याङओभर हटाउन उपयोगी हुन्छ ।

Friday, 14 November 2014

बास्तब मा भन्ने हो भने छोरी मान्छे हरुको मन साच्चै कमलो हुन्छ आफ्नो श्री मान को अरु  धेरै केटी  सग सम्बन्ध  छ भनेर थाहा पाएर पनि माफ दिन सक्छन।
     यो शक्ति सृप नारिमा मात्र हुन्छ !!!

Thursday, 13 November 2014

if the truth be known, must success are built in a multitude of failures

Wednesday, 12 November 2014

कलम सधैं तर्बार भन्द बलियो हुन्छ !

कलम सधैं  तरबार भन्दा बलियो हुन्छ

कलम सधैसधै तरबार भन्दा बलियो हुन्छकलम सधैसधै तरबार भन्दा बलियो हुन्छ


Tuesday, 11 November 2014

नेपाली ब्राण्डलाई संसारभर फिजाउ

राजधानीको सडकमा गाडी लिएर निस्कँदा जब नरायणहिटीको पश्चिम ढोकामा पासपोर्ट लिनेहरुको अनुहार हेर्छु, अथवा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कामका लागि दैनिक विदेशिने युवाहरु भेट्छु । तब धेरै जसो युवामा देखिनुपर्ने उत्साह त्यहाँ देख्दिन । त्यसको सट्टा धेरैको अनुहारमा अनिश्चितताको भुमरी मडारिरहेको देख्छु । र यसले विरक्त लाग्नु स्वभाविकै नै हो । तर काठमाडौं र देशका अन्य भागमा घुम्दा कोही कोही युवा चाहिँ अचम्मसँग उत्साह भरिएका अनुहार लिएर काम गरिरहेका देखापर्छन् । कहाँबाट आउँछ होला यिनीमा नयाँ नयाँ सोच र जाँगर । आज मसँग यस्ता दुई जना युवा उद्दमी हुनुहुन्छ, जसले हामी भित्रको संभावनालाई खोज्नुभएको छ, कोशिष गरे गर्न सकिन्छ र यहीं नै संभावनाका प्रशस्त ढोका छन भनेर प्रमाणित गर्नुभएको छ । नेपाली ब्राण्डलाई संसारभर फिजाउन लाग्नुभएको छ । उद्दमी बन्नका लागि के चाहिन्छ ? कसरी आउंछ नयाँ सोच र जाँगर । कहांबाट आउंछ त्यो उर्जा ? आजको टफ टकमा म सँग हुनुहुन्छ, हिमालयन जाभाका संचालक गगन प्रधान । नेपालमा कफी बेचेर मनग्गे कमाइसकेका र नेपाली कफीलाई विश्व बजारमा चिनाउन लागि परेका युवक, जसको कफि पसलको शाखा नेपालको जोमसोम देखि क्यानाडाको टोरन्टोसम्म छ । र अर्का हुनुहुन्छ बाजेको सेकुवा रेष्टुराँका प्रमुख कार्यक्रारी अधिकृत सिइओ सुशिल खड्का । खसीका मासुको परिकारलाई कसरी सर्भ गर्ने भनेर जानेका । मासु पोलेर बेच्ने कलालाई नेपाल भित्र र बाहिर पनि व्यावसायिक रुपमा विस्तार गर्न लागिपरेका युवक ।